गैँडाकोट ३ मा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको स्थानीयको भनाइ, विस्तृत विवरण आउन बाँकी

२०७७ पुष ८ गते ४:३० Flashkhabar


गैँडाकोट, ८ पौष । कालिगण्डकी करिडोर गैँडाकोट ३ भोक्रोफाँटमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । स्थानीय खेम गरम्जाले ट्रक करिडोरबाट तल खस्दा ३ जनाको मृत्यु भएको बताएका छन् । विस्तृत विवरण भने आउन बाँकी रहेको छ । गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारी घटनास्थल जाँदै गरेको विजय एफएमलाई जानकारी गराउनुभयो । वडा अध्यक्षले केही समयमा आधिकारिक जानकारी आउने बताउनुभएको छ । ट्रक कालिगण्डकी करिडोरबाट २ सय मिटर तल खसेको जनाइएको छ ।