जहाँ छौं, त्यही दशैं मनाऔं : स्वास्थ्य मन्त्रालय

२०७७ असोज १८ गते १३:४५ gaindakotkhabar.com

१८ असोज, काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ ।

साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।