दुई हजार २५३ थपिए, सङ्क्रमित संख्या ८६ हजार ८२३ पुग्यो, ६४ हजार ६९ सङ्क्रमित निको भए

२०७७ असोज १८ गते १३:०८ Flashkhabar

gaindakotkhabar.com

असोज १८ , काठमाण्डौ । नेपालमा कोरोनाभाइरसका दुई हजार २५३ जना सङ्क्रमित थपिएका छन् ।  थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८६ हजार ८२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रम अनुसार  हाल २२ ह्जार २१९ जनामा भाइरसको सङ्क्रमण सकृय रहेका छन ।

पछिल्लो चौबीस घण्टामा एक हजार ३२९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६४ हजार ६९ सङ्क्रमित निको भएर घर फर्केका छन् । जुन कुल सङ्क्रमितको करिब ७३.७ प्रतिशत हो ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।