असोज १२ ,काठमाडौँ। नेपालमा कोभिड–१९ का एक हजार ३५१ जना सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७४ हजार ७४५ पुगेको छ ।
चौबीस घण्टामा ७४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको सङ्ख्या ५४ हजार ६४० पुगेको छ ।कोरोना सङ्क्रमणमुक्त हुने दर ७३ प्रतिशत पुगेकाे छ ।
पछिल्लो चौबीस घण्टामा ४ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुने काेराेना सङ्क्रमितकाे सङ्ख्या ४८१ पुगेकाे छ ।