प्राकृतिक चिकित्सालय रजहरबाट ८३ जना कोरोना संक्रमित डिस्चार्ज

२०७७ असोज ८ गते १८:१५ gaindakotkhabar.com

असोज ८,रजहर।  कोभिड अस्थाई अस्पताल प्राकृतिक चिकित्सालय रजहर बाट आज ८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । नवलपुरमा पहिलो पटक यति धेरै कोरोना संक्रमित आईसोलेसनबाट निको भई घर फर्किएका हुन् । उनीहरुको यही असोज ६ गते स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि पोखरा प्रयोगशालामा लगिएको थियो जसमध्ये ८३ जनाको रिपोर्ट नेगेटिभ आएको सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जानकारी दिनुभयो । डिस्चार्ज हुनेमा देवचुली नगरपालिकाका २६ जना, कावासोती नगरपालिकाका १० जना, मध्यविन्दु नगरपालिकाका ५ जना, गैडाकोट नगरपालिकाका १३ जना, विनयी त्रिवेणी गाउँपालिकाका २५ जना, हुप्सेकोट गाउँपालिकाका १ जना, भरतपुरका १ जना, भद्रपुरका १ जना र बारा कलैयाका १ जना गरि ५० पुरुष र ३३ महिला आईसोलेसनबाट निको भएर घर फर्किएका हुन् ।