नारायणी नदी मा पानीको बहाव बढ्यो, स्थानीयलाई सुरक्षित हुन आग्रह

२०७७ असोज ८ गते १६:४७ गैंडाकोट खबर

असोज ८, चितवन ।चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई. रामविकेश रायले विहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ८ मिटर पुगेको थियो । आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन विहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ । महानगरका प्रमुख रेनु दाहालले नदी तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको जानकारी दिनुभयो ।