संविधान दिवसका दिन विजयनगर पम्पिङ खानेपानीमा फहरायो राष्ट्रिय झण्डा (फोटो फिचर)

२०७७ असोज ४ गते ८:३६ नवीन S सुवेदी

असोज ३,गैँडाकोट ।संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसर पारी गैंडाकोटमा रहेको विजयनगर पम्पिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले राष्ट्रिय झण्डा फहराएको छ ।

२०७२ साल असोज ३ गते संविधानसभा मार्फत् संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।

गैँडाकोट वडा नं ६ मा रहेको विजयनगर पम्पिङ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले शनिवार संस्थाकै परिसरमा संस्थाको लोगो सहित को झण्डा र नेपालको राष्ट्रिय झण्डा फहराउँदै दिवस मनाएको हो ।

गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलको प्रमुख आतिथ्यमा भएको संविधान दिवस कार्यक्रमको सभापति संस्थाका अध्यक्ष सुवाष चापागाईले गर्नुभएको थियो ।
संस्थाको झण्डा सहित नेपालको राष्ट्रिय झण्डा फहराउँदै प्रमुख अतिथी तथा नगरप्रमुख छत्रराज पौडेलले संविधान दिवसका अवसरमा नगरवासीहरुलाई शुभकामना दिँदै संविधानले दिएको अधिकार कार्यान्वयवनमा स्थानीय सरकार सक्रिय रहेको भन्दै संविधानको रक्षामा सवै लाग्नुपर्ने बताउनुभयो । त्यसमा रहेको उत्कृष्ट कानुनको कार्यान्वनय गर्न सके यसबाट समृद्धि हासिल हुने भन्दै उत्पादनमा जोड दिन सक्नुपर्ने बताउनुभयो ।


कार्यक्रमका अतिथिहरुमा वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा नम्बर ७ का वडा अध्यक्ष चोलनाथ उपाध्याय, वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा रहनुभएको थियो ।


कार्यक्रममा बुद्धिजीवी ,समाजसेवी , पत्रकार तथा युवा व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका सचिव जयराम कँडेलले गर्नुभएको थियो ।