चाैबीस घण्टामा ११ कोरोना सङ्क्रमितको मृत्यु

२०७७ भदौ ५ गते १२:०२ गैंडाकोट खबर

५ भाद्र, काठमाण्डौ । समुदायस्तरमा फैलिएको कोरोना भाइरसले पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सङ्क्रमितको ज्यान लिएको छ ।अहिलेसम्मकै तथ्याङ्कमा २४ घण्टामा ११ जना सङ्क्रमितको ज्यान लिएको हो ।

एकमहिला र दश पुरुषको भाइरसका कारणले मृत्यु भएको छ । याेसँगै नेपालमा त्यसरी मृत्यु हुनेकाे संख्या १३७ पुगेकाे छ ।