नयाँ ८३८ सङ्क्रमित थपिए , संक्रमितको संख्या ३० हजार ४८३ पुग्याे

२०७७ भदौ ५ गते ११:५२ Flashkhabar

५ भाद्र, काठमाण्डौ । कोरोना भाइरसका ८३८  सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २९२ महिला र  ५४६ जना पुरूषकाे काेराेना पुष्टि भएको हाे । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

देशका विभिन्न जिल्लामा रहेका अस्पतालबाट २५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १८ हजार २१४ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।