चितवनमा भाद्र १२ गते सम्म निषेधाज्ञा गर्ने चितवन प्रशासनको निर्णय । ।

२०७७ भदौ ५ गते ११:४२ gaindakotkhabar.com

५ भदौ, चितवन ।चितवन जिल्लामा निषेधाज्ञा एक साता थप गरिएको छ । आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको हो ।

सुरक्षा समितिको बैठकले अत्यावश्यक सामान किन्न साँझ र विहानको समयमा खुल्ला गरिएको बेला सवारी साधनको प्रयोग गरी लामो दूरीको यात्रा गर्ने र घुमफिर गर्ने पाइएको भन्दै त्यसमा कडाइ गर्ने निर्णय गरेको छ । नजिकै रहेको पसलबाट अत्यावश्यक सामान पैदल यात्रामा गएर किन्न र निश्चित दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ।