आज राती १२ बजेदेखि ७ गते सम्म गैंडाकोट नगर क्षेत्रमा लकडाउन शुरू

२०७७ भदौ २ गते १७:१८ gaindakotkhabar.com

०२ भाद्र , गैँडाकोट।  गैंडाकोटमा आज राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय गरिएको छ । आज राती १२ बजेदेखि भाद्र ७ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख छत्रराज पौडेलद्धारा हस्ताक्षर गरी जारी गरिएको सुचनामा जनाइएको छ ।

कोभिड १९ को संक्रमण गैंडाकोट नगर क्षेत्रमा फैलन नदिने उद्देश्यले औषधि पसल, क्लिनिक, अस्पतालहरु, ग्यास पसल, खाद्यन्न दुध तरकारी फलफूल पसल मात्र सुरक्षात्मक उपाय सहित खोल्न दिने र अन्य सवै वन्द गर्ने निर्णय भएको छ ।

राजमार्गमा चल्ने लामो दुरीका सवारी साधन र अत्यावश्यक कामका सवारी साधन वाहेक सवै प्रकारका सवारी साधानहरु संचालनमा पुर्ण रोक लगाउने, नजिक आएका चाड तिज, कुशे औशी आआफ्नै घरमा वसेर मनाउने , कतै जमघट भेला वा नाचगान नगर्ने र अत्यावश्यक काम वाहेक घर वाहिर निस्कन नपाईने निर्णय भएको हो । साथै होटल रेष्टुरेण्ट व्युटिपार्लर हजाम पसल घुम्ती पसल सवै वन्द हुने भएका छन् ।