राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२०७७ भदौ २ गते १७:०८ gaindakotkhabar.com

०२ भाद्र , गैँडाकोट। राष्ट्रकवि  माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । स्वासपश्वासमा समस्या देखिए पछि विगत ४ महिना देखि अक्सिजन दिएर उपचार हुँदै गर्दा आज साँझ  निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । घिमिरेको विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्म भएको थियो ।

घिमिरेको नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर(किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गर्नुभएको थियो ।