२४ घन्टामा एकहजार १६ सङ्क्रमित , कुल संख्या २८ हजार १६ पुग्याे

२०७७ भदौ २ गते ११:०२ gaindakotkhabar.com

२ भाद्र , काठमाण्डौ ।कोरोना भाइरसका एकहजार १६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षणमा साे सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार २५७ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । उहाँका अनुसार नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू दशहजार ५६३ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ९२६  रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८५ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार ५८० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।