नेपाली कांग्रेस पश्चिम नवलपरासी जिल्ला उपसभापतिको कोरोनाका कारण मृत्यु

२०७७ भदौ २ गते ८:३८ गोरखापत्र अनलाइन

२ भाद्र, काठमाण्डौ ।नेपाली काँग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवास गिरीको ३८ वर्षको उमेरमा कोरोना सङ्क्रमणका कारण मङ्गलबार बिहान निधन भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा गिरीको निधन भएको जानकारी काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिनुभयो । पार्टी समायोजनको क्रममा उहाँ असार २९ गतेदेखि जिल्लाको काँग्रेस उपसभापति हुनुभएको थियो ।