०१ भाद्र, काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल आज प्रकाशित गरेको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको हो ।
शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार लाख ८२ हजार जनाले फारम भरेका थिए तर केही अयोग्य रहेका कारण चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको छ ।