भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति अनेरास्ववियुको आपत्ती

२०७७ साउन २६ गते १७:२७ हिमालदेव पंगेनी


२६ साउन , गैंडाकोट । भारतिय विदेशमन्त्री एस. जयशंखरले एक कार्यक्रममा गौतम बुद्ध भारतीय भएको दाबिसहित आफ्नो भनाई राखेको विषयमा अनेरास्ववियु गैंडाकोटले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज सोमबार एक विज्ञप्ति निकाल्दै गौतम वुद्ध नेपालमा जन्मिएको तथ्य प्रति विश्वनै जानकार हुँदाहुँदै फेरी नकारात्मक प्रचार गर्ने गलत उद्येश्यका साथ दिइएको यस प्रकारको अभिव्यक्ति प्रति अनेरास्ववियुद्धारा खेद प्रकट गरिएको छ ।

साविक अनेरास्ववियुका नगर अध्यक्ष सविन लम्साल र साविक अखिल क्रान्तिकारी गैंडाकोटका अध्यक्ष सन्रोज भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा यस्ता प्रकारका अभिव्यक्त दिएर छिमेकी मुलुकको विचमा बैमनश्यता फैलाउने कार्य नगर्न भनिएको छ । आगामी दिनमा यस किसिमको अभिब्यक्त दिने दुस्साहस नगर्न विज्ञप्ति मार्फत चेतावनी पनि समेत दिइएको छ ।