खोलाले बगाएर एक जनाको मृत्यु

२०७७ साउन १५ गते ८:०४ gaindakotkhabar.com

 

१५ साउन , नवलपुर । पूर्वी नवलपरासीमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका २  निवासी   २४ बर्षीया सीता परियारलाई विहीबार विहान अन्दाजी ९ बजेर ३० मिनेट जादा  खोलाले बगाएको हो ।

घरबाट गिरुवारी आउने क्रममा गिरुवारी खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो  । स्थानिय र प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा  सिता परियारलाई  अन्दाजी ३ किलो मिटर तल  मध्यविन्दु न.पा.९ स्थित सिम्रेनीमा मृत अबस्थामा फेला परेको थियो ।

घट्नास्थलमा प्रहरी टोली खटि गई प्रारम्भिक मुचुल्का उठाई  लासलाइ पोष्टमार्टमको लागी प्राथमिक स्वास्थ्य केन्द्र चोरमारा पठाईएको र  अन्य अनुसनधान कार्य भईरहेको  जिल्ला प्रहरी कार्यालय नवलपरासी (पुर्व) ले जानकारी दिएको छ ।