१५ साउन ,काठमाण्डौ । आज साउन १५ गते नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा रहेको छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो ।
नेपला कृषि प्रधान देश भएकाे हुनाले आजकाे दिनलाई नेपालमा विशेष महत्वका साथ मनाउने गरीन्छ । असार १५ मा दही चिउरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् । संस्कृतिविद् अनुसार आजकाे दिनमा खिर खाने नेपालकाे पुरानै चलन हो । साउनमा हरियो परियो धेरै पाइने हुनाले गाइले दुध बढि दिने हुँदा यो समयमा खिर खाने गरिएको हो ।
खिरलाई हिन्दु परम्परा अनुसार शुद्ध भाेजनका रुपमा लिने गरीन्छ । खिरलाई बिभिन्न देवस्थल र मठमन्दिरमा चढाउने गरिन्छ । हवनमा समेत खीर या पायसलाई अग्नीमा चढाउने गरिन्छ । त्रेया युगमा दशरथका ३ महारानीले खीर खाएरै गर्भ धारण गरेका थिए । विभिन्न पुजा आजामा खीर खाने असार महिनामा रोपाँइ सकेपछि साउन १५ कृषकहरुले तातो खिर खाएर मनाउने गरेका हुन्छन् । यस प्रकारको खानेकुरा खानाले स्वास्थ्यमा लाभ हुने विश्वास छ । असारभरी पानी हिलोमा खेल्दा सर्दी लाग्ने र तातो खिर खाँदा सर्दिबाट जोगीने विश्वास छ र्। यसको धार्मीक नभएपनि साँस्कृतिक महत्व छ ।
यस वर्ष साउन १५ गतेका दिन श्रावण शुक्ल एकादशी परेकाले चामलको खीर नखानेले साबुदानाको खीर बनाएर खान्छन् । आजको एकादशीलाई पुत्रदा एकादशीका रूपमा मनाइन्छ । एकादशी व्रत गर्नेले चामलबाट बनेका परिकार खाँदैनन् ।
साबुदानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ । खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । नेपाली बृहत् शब्दकोषले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ ।