संगम अबिरत साकोस गैंडाकोटको उन्नाइसौँ एकीकरण दिवस केक काटेर , खुसि बाड्दै सम्पन्न (फोटो फिचर)

२०७७ साउन १४ गते १७:५८ नविन S सुवेदी

१३ साउन , गैंडाकोट    संगम अबिरत बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट ले सोमबार  आफ्नो उन्नाइसौँ एकीकरण दिवस  मनाएको  छ  । 

नारायणी बचत तथा ऋण सहकारी संस्था र प्रातः प्रज्ञा बचत तथा ऋण सहकारी संस्था बीच  २०५८  साल श्रावण १२  गते का दिन नेपालमा  बचत तथा ऋण सहकारी सस्थाहरु मध्ये प्रथम एकीकरण भई अविरत्  बचत तथा ऋण सहकारी संस्था कायम  भएको दिनलाई   संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड र अविरत्  बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले पनि  एकीकरण दिवस साउन १२ लाई नै   कायम गरी गर्ने निर्णय भए अनुसार आफ्नो  उन्नाइसौँ एकीकरण दिवस  सोमबार  विजयनगर पम्पिंग खानेपानीको हलमा  सस्थाको   संचालक समिति ,कर्मचारी , शुभचिन्तक , बुद्धिजिबी तथा पत्रकार बीच खुसि साट्दै  केक  काटेर  मनाएको  छ  ।

संगम अबिरत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केदार नाथ न्यौपाने को सभापतित्य मा भएको कार्यक्रम मा सस्थाका उपाध्यक्ष्  जय कृष्ण सापकोटा ,कोषाध्यक्ष् भोजेन्द्र पौडेल , स सचिब रिता कुमारी लगायत सदस्यहरुको उपस्थित रहेको थियो   ।

सोहि कार्यक्रम मा  संगम  बचत तथा ऋण सहकारी संस्था लिमिटेड संग एकीकरण हुनु भन्दा पहिलेको सस्था अबिरत बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्व अध्यक्षहरु   हरि ढकाल , देवी पौडेल , सुबाश चापागाई समेत को उपस्थित भएको थियो । 

 

कार्यक्रम मा बोल्दै  अध्यक्ष केदार नाथ न्यौपानेले  एकिकरणको सुरुवात भएको संस्था ले हालसम्म एकीकरणको गतिलाई अगाडि बढाउन सकिरहेको छैन तर पनि यस प्रक्रिया लाई अगाडि बढाउने दायित्व अब संगम अबिरत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रहेको बताउनु भयो  । कार्यक्रम को  सहजीकरण सस्थाका ब्यबस्थापक गोबिन्द प्रसाद सापकोटाले गर्नु भएको थियो ।