थप १०९ जनामा सङ्क्रमण, कुल १८ हजार ४८३

२०७७ साउन १० गते १५:१७ गोरखापत्र अनलाइन

१० साउन, काठमाण्डौ ।

२४ घण्टामा थप १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १८ हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रा. डा. जागेश्वर गाैतमले बताउनुभयाे ।

साथै उहाँले बाराकाे परवानीपुर-४ निवासी एक १७ वर्षीया युवतीकाे काेराेनाका कारण मृत्यु भएकाे पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । यस्तै, विगत २४ घण्टामा १०६ जना निकाे भएर डिस्चार्ज हुनुभएकाे र कुल निकाे हुनेकाे सङ्ख्या १३ हजार ०५३ पुगेकाे उहाँले पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

मृत्यु भएकी युवतीमा स्वासप्रश्वासमा समस्या आएकाे तथा पातलाे दिसा लाग्नेजस्ता लक्षण भएकाे पनि बताउनुभयाे । याेसँगै नेपालमा काेरानाका कारण मृत्यु हुनेकाे सङ्ख्या ४५ पुगेकाे छ । मन्त्रालयका प्रवक्ता  गौतमले कोभिड–१९ बाट निको हुने दर ७०.६ प्रतिशत पुगेको जानकारी दिनुभयो ।