लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

२०७७ साउन ५ गते ६:२६ gaindakotkhabar.com

(फोटो :जिल्ला प्रहरी  कार्यलय चितवन फेसबुक पेज बाट )

५ साउन, चितवन  । लगातारको वर्षाका कारण नारायणगढ-मुग्लिन सडकको ठाउँठाउँमा पहिरो खसेको छ । पहिरोले सडक अवरुद्ध भएकाले वैकल्पिक सडक प्रयोग गर्न जिल्ला प्रहरी  कार्यलय चितवनले सर्वसाधारणमा सूचना मार्फत  जानकारी गराएको  छ ।

नारायणघाट मुग्लिङ्ग सडकको चार किलो (KM-31+500) र चोर खोलामा आज बिहान आएको पहिरोको कारण यतिबेला सडक पूर्ण रुपमा अवरुद्ध छ । पानी लगातार परिरहेको र माथिबाट समेत थप पहिरो खसिरहेकोले  दिनैभर जस्तो सडक अवरुद्ध हुन सक्ने जिल्ला प्रहरी कार्यालय  चितवनले जानकारी दिएको छ ।