नेपाल चिकित्सक संघ चितवन शाखाको नयाँ कार्य समिति द्वारा पदभार ग्रहण

२०७७ साउन २ गते १७:३४ गैंडाकोट खबर

२ श्रावण, चितवन ।

नेपाल चिकित्सक संघ चितवन शाखाको नयाँ कार्यसमितिले आज भरतपुर स्थित शाखा कार्यालयमै पदभार ग्रहण गरेका छ्न।

चितवनका चिकित्सकहरूको बिहीबार भएको भेला बाट अध्यक्षमा डा. लाेक बहादुर सेडाई चयन हुनुभएको थियो। नव गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा डा  भारती देवी शर्मा, उपाध्यक्षमा डा. गुरू शरण शाह , सचिवमा डा. सुर्य प्रकाश सापकाेटा, कोषाध्यक्षमा डा. मनाेज कंडेल, सहसचिवमा डा. महेन्द्र कुमार अग्रहरी र सहकोषाध्यक्षमा डा. अमित चाैधरीलाई चयन गरेकाे थियो।

त्यसैगरी सदस्यहरूमा डा. राेहन झा, डा. शिव कंडेल, डा. प्रजिता भण्डारी, डा. पल्लव राज पाैडेल, डा. विवेक कंडेल र  डा. किरण देवकाेटा चयन भएका हुन् ।

नवगठित कार्यसमितिले चिकित्सकको हकहितका साथै जनताको स्वास्थ्य सरोकारका विषयमा प्रयाप्त ध्यान पुर्याउने विश्वास व्यक्त गरे साथै नयाँ कार्यसमितिले आ-आफ्नो पदमा रही आफ्नो मन बचनका साथ कार्यकाल सफल बनाउने दृढता व्यक्त गरेका छन् ।