गैंडाकोट नगर क्षेत्र एक हप्ताका लागि बन्द , अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आग्रह

२०७७ साउन २ गते ०:४१ गैंडाकोट खबर

१ श्रावण,गैंडाकोट।विहीवार बसेको बैठकले श्रावण २ गतेदेखी ८ गतेसम्म ७ दिनका लागि शिल गरिएको गैंडाकोट नगरपालिकाले जनाइएको छ ।

दुध र दुधजन्य ब्यवसाय, अत्यावश्यक सेवा तथा खाद्यान्न पसल, औषधी पसल खोल्न पाइने छ भने यी बाहेकका होटल व्यवसाय, निर्माण व्यवसाय, लगायतका सम्पुर्ण पसलहरु , व्यवसाय पूर्ण रूपमा बन्द गरिएका छन् ।
नगरपालिका क्षेत्र भित्रका बैंकहरूले स्वास्थ्य सुरक्षा सामग्रीहरुको उपयोग र सामाजिक दूरी कायम गर्दै अति न्यून कर्मचारीहरूको परिचालन गरी दैनिक कार्य संचालन गर्ने तथा बैंक बाहेकका अन्य वित्तिय संस्थाहरु एबम् सहकारी संस्थाहरु पूर्ण रूपमा बन्द गर्ने भएको छ । त्यस्तै सवारी साधनको हकमा बिरामी बोक्ने एम्बुलेन्स, दमकल ,अति आवश्यक कामका लागी स्वीकृत प्राप्त सवारी साधन बाहेक नगरक्षेत्र भित्र अन्य निजि तथा सार्वजनिक सवारी साधनहरु पूर्ण रूपमा बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य ले बताउनु भयो ।

कोरोना भाइरसको संक्रमण बाट आफू पनि बाँच्न र अरूलाई बचाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न
र अत्यावश्यक काम बाहेक कोही पनि घर बाट बाहिर नजाने यदि जानै पर्ने भएमा माक्स लगाई सामाजिक दूरी कायम गरी सुरक्षित भएर हिँड्न नगरपालिका द्धारा नगर बासीलाई आग्रह गरिएको छ ।