जेष्ठ नागरिक संघ गैंडाकोट ६ द्धारा ४५ जना जेष्ठ नागरिकलाई सम्मान ( फोटो फिचर)

२०७७ असार २९ गते १४:३६ गैंडाकोट खबर

 

२९ असार , गैंडाकोट ।गैंडाकोट वडा नम्बर ६ मा बसोबास गर्ने ८० वर्ष भन्दा माथि उमेर भएका जेष्ठ नागरिक लाई एक कार्यक्रमका बीच आज सम्मान गरिएको छ ।

गैंडाकोट नगरपालिकाको सहयोगमा जेष्ठ नागरिक संघ वडा नम्बर ६  को आयोजनामा विजयनगर खानेपानी को सभाहलमा भएको कार्यक्रममा ४५ जना जेष्ठ नागरिक हरुलाई सम्मान गरिएको संस्थाका कोषाध्यक्ष अम्बर विरही गुरुङ ले जानकारी दिनुभयो ।


कार्यक्रमको बारेमा जानकारी सहित स्वागत मन्तव्य संस्थाका सचिव खडानन्द चापागाईं ले गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिका का नगर प्रमुख छत्र राज पौडेल द्धारा ९६ बर्षकी खगीसरा पौडेल लाई दोसल्ला ओढाई , छाता ,लठ्ठी र पौष्टिक आहार प्रदान गरी सम्मान कार्यक्रमको शुरूवात गर्नु भएको थियो ।

विशिष्ठ अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा ले भन्नुभयो जेष्ठ नागरिकलाई एकदिन सम्मान गरेर मात्र पुदैन उहाँहरुलाई सधैं सम्मान गर्नुपर्छ र यसरी नै सम्मान गर्न पाइयोस्। जेष्ठ नागरिकहरु हामीहरुका अभिभावक हुनुहुन्छ उहाँहरूनै प्रेरणा का स्रोत हुनुहुन्छ र उहाँहरू कै आशीर्वाद ले गर्दा हामी अगाडि बढ्न पाएका छौं ।  त्यस्तै कार्यक्रममा  अतिथि का  रुपमा  विजयनगर पम्पिङ खानेपानी का अध्यक्ष सुभाष चापागाईं रहनु भएको थियो।

सम्मानित जेष्ठ नागरिक बाट बोल्दै टीका दत्त अधिकारी ले संघलाई धन्यवाद दिँदै यस्तो कार्यक्रमले जेष्ठ नागरिकलाई हौसला प्रदान गर्ने बताउनु भयो ।


कार्यक्रममा स्वावलम्बनटोल विकास संस्थाका अध्यक्ष दान बहादुर क्षेत्री ,सृजनशील टोल विकास सस्थाका अध्यक्ष दुर्गा प्रसाद ढकाल ,सगरमाथा टोल विकास सस्थाका अध्यक्ष गणेश पौडेलको उपस्थिति रहेको थियो । त्यस्तै ज्ञानज्योति टोल विकास सस्था,शिवनगर टोल विकास संस्था, भाग्योदय टोल विकास संस्था का अध्यक्ष तथा प्रतिनिथि समेतको उपस्थिति रहेको थियो भने विभिन्न संघ संस्था का प्रतिनिधि , बुद्धिजीवी ,पत्रकार समेतको उपस्थिति रहेको थियो ।


कार्यक्रम मा वडा नम्बर ६ भित्र रहेका ६ वटा टोल विकास संस्थाको समन्वय रहेको थियो ।
संघका अध्यक्ष देवी प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन तेजेन्द्र चालिसे ले गर्नुभएको थियो ।
जेष्ठ नागरिक संघ गैंडाकोट वडा नम्बर ६ ले यस भन्दा पहिले वडा भित्र वडा बासीलाई फलफूलका बिरुवा समेत वितरण गरेको थियो।