एकैदिन तोलामा ९ सय रुपैयाँ बढ्यो , तोलाको ९२ हजार ४ सय रुपैयाँ कायम

२०७७ असार २५ गते ८:०४ उज्यालो अनलाइन

२५ असार, काठमाण्डाै । सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सुन आज  एकैदिन तोलामा ९ सय रुपैयाँ बढेर अहिलेसम्मकै धेरै तोलाको ९२ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी  महासंघले जनाएको छ ।

सुन  हिजो तोलामा ६ सय रुपैयाँ बढेर  तोलाको ९१ हजार ५ सय रुपैयाँ तोकिएको थियो । यसअघि  गएको असार १७ गते सुन तोलाको ९१ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि महङगो भएको व्यवसायीले बताएका छन् ।  कोरोनाका कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्ने गरेको छ ।

चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको ९ सय ८० रुपैयाँ पुगेको छ ।