दुई सय ५५ जना सङ्क्रमित थपिए, दुई सय ५३ जना निको भए ।

२०७७ असार २४ गते १८:४७ संवाददाता

२४ असार, काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप  २५५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई सय ५५ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १६ हजार चार सय २३ पुगेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप दुई सय ५३ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेकाे सङ्ख्या सात हजार सात सय ५२ पुगको हो ।