नेपाल प्रहरीको २८ औँ महानिरीक्षक पदमा शैलेश थापा क्षेत्री नियुक्त

२०७७ असार २४ गते १:३५ सम्बाददाता

२३ असार , काठमाडौ  । नेपाल प्रहरीको २८ औँ महानिरीक्षक पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।  हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीको असार २४ मा उमेरका कारण अवकास हुँदैछ ।मंगलबार  बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले  क्षेत्रीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको  भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिनुभयो   ।

महानिरीक्षक पदका लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल पनि प्रतिस्पर्धामा रहनु भएको थियो तर  सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । वि. सं. २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा प्रहरी निरीक्षकदेखि एआईजीपीसम्म  एक नम्बर बन्ने सौभाग्य पाउँदै आउनुभएको छ ।

नेपाल प्रहरीको सङ्गठनमा अब्बल, बौद्धिक र इमानदार छविका अधिकृतका रुपमा थापालाई लिने गरिएको छ । उहाँ यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता रुपमा काम गर्नुभएको र उहाँले यसअघिका प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गर्नुभएको थियो ।