लायन्स क्लब अफ चितवन चौतारी र चितवन गोल्डेनको सयुक्त रक्तदान कार्यक्रममा ७१ जना द्वारा रक्तदान

२०७७ असार २० गते १०:०६ gaindakotkhabar.com
Purna Sharma
चितवन, २० असार | चितवनमा भईरहेको रगत अभाबलाई कम गर्न आज भरतपुर ४ हरिकीर्तन चोक लंकूमा लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन गोल्डेनले सयुक्त रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा ४ महिला र ६७ पुरुष गरी ७१ जनाले रक्तदान गर्नुभएको थियो ।

लायन्स क्लब अफ चितवन गोल्डेनका अध्यक्ष रामचन्द्र तिमिल्सेनाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको प्रमुख अतिथि रहेका लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का प्रथम भाईस गर्भनर लायन राम प्रसाद भट्ट हुनुहुन्थ्यो । कार्यक्रममा वहाँले मानविय सेवामा लागेका लायन्सकर्मीहरु लाई गुणात्मक काममा ध्यान दिन आग्रह गर्नुभएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथि रहेका भरतपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष हरि आचार्यले लायन्सले गरेका कामहरु आफुलाई राम्रो लागेको बताउदै सहकार्यका लागि आफु ईच्छुक रहेको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ को–अडिनेटरहरु हरि घिमिरे, दिनानाथ न्यौपाने, सिद्धार्थलाल चुके, कमलप्रसाद श्रेष्ठ, खोमकान्त रेग्मी, डेपुटी को–अडिनेटर राजेन्द्र गौतम, प्रबिना श्रेष्ठ, एरिया नं ३ का चिफ एरिया को–अडिनेटर प्रभाकर पंण्डित, डिपार्टमेन्ट चिफहरु, रिजोन तथा जोन चियर पर्सन लगायत  क्लबका पदाधिकारी तथा सदस्य लायन्सकर्मीहरुको उपस्थिती रहेको  थियो । एरिया नं ३ का सचिब पूर्णप्रसाद शर्माको संयोजकत्वमा सम्पन्न कार्यक्रमको सभापतित्वमा लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाले गर्नुभएको थियो ।