लकडाउन साउन ७ सम्म जारी राख्ने निर्णय

२०७७ असार १५ गते १७:१३ गोरखापत्र अनलाइन

असार १५, काठमाण्डौ  । सरकारले हाल कायम लक लकडाउनलाई साउन ७ गतेसम्म जारी राख्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेकाे भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले जानकारी  दिनुभयो ।

 

यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन्  निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् ।

उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् ।

सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।