नवलपुरमा एकै दिन २६ जना डिस्चार्ज , डिस्चार्ज हुनेको संख्या ४० पुग्यो

२०७७ असार १४ गते १७:२० gaindakotkhabar.com

१४ असार, गैंडाकोट  । नवलपुर जिल्लाका विभिन्न स्थानीय तहमा गरि २६ जना कोरोना संक्रमित आइतबार  डिस्चार्ज भएका छन् । रजहरको प्राकृतिक चिकित्सालयमा उपचाररत २३ जना र मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत ३ जनाले कोरोना भाइरसलाई जित्दै  घर फर्कनुभएको हो ।

प्राकृतिक चिकित्सालयबाट मध्यबिन्दु नगरपालिकाका  १० जना, कावासोती नगरपालिकाका १ जना र हुप्सेकोटका गाउपालिकाका   १२ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो । त्यस्तै मध्यबिन्दु जिल्ला अस्पतालमा रहेका   देवचुली नगरपालिकाका १ जना  , कावासोती नगरपालिकाका १ जना  र बिनयी–त्रिबेणी गाउपालिकाका १ गरी ३ जना पुरुषलाई डिस्चार्ज गरिएको हो । अव जिल्ला अस्पतालमा देबचुली ११ का एक जना आईशोलेशनमा छन् । यो सहित नवलपुरबाट डिस्चार्ज हुनेको संख्या ४० पुगेको छ भने संक्रमित हुनेको संख्या २ सय १८ छ । अव प्राकृतिक चिकित्सालयको आईशोलेशनमा १७९ जना छन् । जसमध्ये १ जना स्याङजाका र १ जना तनहुँका पनि रहेका छन् ।