थप ४६३ जनामा कोरोना पुष्टि, सङ्क्रमितको संख्या १२ हजार ७७२ पुग्यो

२०७७ असार १४ गते १६:१५ gaindakotkhabar.com

 असार १४, काठमाडौं । कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार, १०५ जना महिला र ३५८  जना पुरुष रहेका छन् । कुल सङ्क्रमित हुनेमा एकहजार चारसय ७४ जना महिला र एघारहजार दुईसय ९८ पुरुष रहेका छन् ।

आज थप १७९ डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीनहजार १३ पुगेकाे छ । पछिल्लो २४ घण्टामा देशभर १३ महिलासहित १७९ जना डिस्चार्ज भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा २२ वटा परीक्षणशालामा चारहजार ९६२ र आरडीटी दुई हजार ७३२ रहेको छ । क्वारेन्टाइनमा ६१ हजार ७३१ र आइसोलेसनमा नौहजार ७३१ जना रहेका छन् ।