कोरोना संक्रमण को रोकथाम र उपचारमा योग तथा प्राकृतिक चिकित्सा किन आवश्यक छ ?

२०७७ असार ३ गते १५:३० gaindakotkhabar.com

डा. सुनिल सापकोटा  (योग तथा प्राकृतिक चिकित्सक )

चीनबाट शुरू भएको कोरोना भाइरस आजसम्म आइपुग्दा दुनिया भरीमा महामारीको रूपमा फैलिएको छ । यो लेख तयार पार्दा सम्म संसार भरीमा झण्डै ८३  लाख मानिस हरु संक्रमित भइसकेका छन् भने ४३ लाख  अठचालिस हजार मानिसहरू निको भएर घर फर्किसकेका छन् र ४ लाख पैतालिस हजार  भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ । नेपालमा हेर्ने हो भने सात  हजार भन्दा बढी संक्रमित हुँदा २०  जनाको ज्यान गएको छ भने एघार  सय भन्दा बढी निको भइसकेका छन् । आज सारा  संसारलाई एउटा अदृश्य भाइरसले ठप्प बनाएको छ । कयौ देशहरू अझै पनि लकडाउनमा छन् भने थोरै मात्र देशहरूले बिस्तारै लक डाउन लाई खुकुलो बनाउँदै लगेका छन् । विश्व का वैज्ञानिक हरु यसको भ्याक्सिन (vaccine) तथा औषधि बनाउन लागेका छन् तर अझ सम्म कुनै ठोस उपलब्धि हात परेको छैन ।

कोरोना भाइरस एउटा RNA भाइरस हो यसले मुख्यतय रूपमा श्वास प्रश्वास प्रणालीमा असर गर्ने गर्दछ । सामान्य , मध्यम र जटिल  किसिमका लक्षणहरु देखा पर्दछन् । कतिपय बिरामीमा हरुमा संक्रमण पछि पनि कुनै लक्षण हरु नदेखिन सक्छन् । यसको संक्रमण बाट देखिने लक्षणहरु यस प्रकार छन् :- जरो आउने , खोकी लाउने , स्वास फेर्न गाह्रो हुने , जोर्नीको दुखाइ , टाउको दुखाइ ,कमजोरी , उल्टी हुने ,नाक बन्द हुने , पखाला लाग्ने जस्ता हुन्छन् ।

अब कुरा गरौं कोरोना संक्रमण को उपचारमको बारेमा :- आज सम्म वैज्ञानिक जगत दिनरात यसको भ्याक्सिन र औषधि बनाउन लागि परेका छन् तर कुनै सफलता भने प्राप्त गरिसकेका छैनन । यसरी हेर्ने हो भने आधुनिक चिकित्सा विज्ञानमा यसलाई रोकथाम तथा नियन्त्रण गर्ने कुनै उपाय छैन । यसको रोकथामको लागि नै विशेष ध्यान दिएको छ ।यसको रोकथामको लागि सजिलो होस् भनेर विभिन्न देशहरूमा क्यारेन्टिन (quarontine) लाई अनिवार्य बनाएको छ । यसको औषधि नबनिसकेको अवस्थामा अस्पतालमा गरिने उपचार भनेको बिरामीमा देखिने लक्षण को आधारमा हुन्छ । आधुनिक चिकित्सा विज्ञानले गर्ने भनेको लक्षण को उपचार मात्र हो । यदि कुनै पनि लक्षण देखिएको छैन भने कुनै पनि औषधि उपचारको आबश्यकता  पर्दैन ।  हामीहरुले कति बिरामीका अनुभव सुनेका छौ ,जस्ले एउटा पनि औषधि नखाई कोरोना संक्रमण मुक्त भएर घर फर्कन सक्षम भए ।  यदि सामान्य तथा मध्यम खालका लक्षणहरु देखिएमा जस्तै ज्वरो आउने ,खोकी लाग्ने इत्त्यादी आबश्यकता अनुसार औषधि सेवन गराइन्छ ।  यस  रोगमा देखिन सक्ने समस्याहरु निमोनिया ,स्वास प्रस्वाशमा अबरोध ,एकैसाथ शरीरका धेरै अंगहरुले काम गर्न छाड्ने हुन् ,जसको कारणले बिरामीको मृत्यु पनि हुन सक्छ ।  तर जटिल समस्या तथा मृत्यु भने संक्रमित हरु मध्ये एकदमै कममा मात्र हुन्छ । मृत्युदर हेर्ने हो भने विश्वमा नगन्य पाच प्रतिशत छ भने नेपालमा ०.५ प्रतिशत भन्दा पनि कम रहेको छ । मृत्युदर कम भए पनि अहिलेको परिस्थिति कोरोना संक्रमण लाइ डरलाग्दो रुपमा हामीहरु संग प्रस्तुत गरेको छ । जति हामी डराएका छौ तेस्तो डर पैदा गर्नु आबश्यक छैन । यो रोग त्यति भयानक छैन जति चित्रण गरिएको छ तर साबधानी भने अबश्य अपनाउनु पर्छ । बृद्ध तथा जसमा पहिला देखिनै कुनै स्वास्थ्य समस्या भएमा कोरोना संक्रमणका जटिल लक्षणहरु देखापर्न सक्छन । जटिल समस्या देखिएमा आधुनिक चिकित्सा  जीवन बचाउने उपचार ( Life saving treatment) गरिन्छ , यधपी यो पनि कोरोना संक्रमण निको पार्ने उपचार भने होइन ।

अब प्रश्न आउछ ,यदि कोरोनाको औषधि नै नभएको अबस्थामा बिरामीहरु कसरि निको निको भइराखेको छ त् ? यसको एकमात्र उत्तर भनेको हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता हो जसले हामीहरुलाई कोरोना संग बचाई राख्छ । जसको रोग प्रतिरोधात्मक क्षमता बलियो छ उसले सजिलै यस संक्रमण बाट छुटकारा पाउछ भने कम्जोर रोग प्रतिरोधात्मक क्षमता हुनेहरुलाई जटिल समस्याहरु देखिन्छन । यदि रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि तथा संक्रमण पछाडिको तनाब ब्यबस्थापन का लागि योग तथा प्राकृतिक चिकित्साको अत्यन्त आबश्यकता रहेको छ । कोरोना भाइरस को कुनै भ्याक्सिन तथा औषधि नबनिसकेको यो अबस्थामा यसको रोगथाम र उपचारमा सहयोग गर्न सक्ने सबै चिकित्सा पद्दति हरु एकै ठाउमा उभिनु पर्ने आजको आबश्यकता हो । कुनै पनि रोगको रोगथाम र उपचार मा सहयोग गर्न सक्ने सबै चिकित्सा पद्धतिलाई प्रयोग गरेर उपचार गर्ने पद्धतिलाई एकीकृत चिकित्सा प्रणाली (integrated medicine) भनिन्छ ।

अहिलेको सन्दर्भमा यहि चिकित्सा प्रणाली नै उपयुक्त उपाय हुन सक्छ । कोरोना संक्रमित बिरामीहरुको उपचार गर्दा मुख्यतया चारवटा कुराहरुमा ध्यानदिन जरुरि हुन्छ । प्रथम : यदि कुनै लक्षण  छ भने यथाशिघ्र ति लक्षण हरु को उपचार गर्नु पर्छ । दोस्रो :बिरामीको रोग प्रतिरोधात्मक क्षमता बढाउने उपाय तिर लग्नु पर्छ । तेस्रो : मानसिक समस्या ,तनाब तथा नकारात्मक सोच र बिचारको ब्यबस्थापन गर्नु पर्छ र चौथो : यदि कुनै जटिल समस्या देखिएमा जीवन बचाउने उपचारको व्यवस्था गर्नु पर्छ ।

पहिलो र चौथो को लागि हामी अबश्यनै  आधुनिक चिकित्सा विज्ञानको प्रयोग गर्नुपर्छ तर दोस्रो र तेस्रो को लागि योग  तथा प्राकृतिक चिकित्सा को अत्यन्त आबस्यकता रहेको छ यिनै कुराहरुलाई ध्यानमा राख्दै नवलपरासी ( बर्दघाट सुस्ता पूर्व )को रजहरमा नेपालकै सुबिधा सम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालय ( हालको कोरोना बिशेष अस्थायी अस्पताल )मा कोरोना संक्रमित बिरामीहरुको उपचार औषधिको साथमा योग तथा प्राकृतिक चिकित्सा का माध्यमबाट भैरहेको छ । योगले रोग प्रतिरोधात्मक क्षमताको बृदी गर्नुका साथै फोक्सोमा क्षमता बढाउछ ,सकारात्मक सोचको विकास गर्दछ , तनाब न्यूनीकरण गर्दछ । निडरताको विकास गर्छ जुन यो रोग संग लड्नको लागि अत्यन्त जरुरि छ । दैनिक सुर्य नमस्कार गर्ने ,विभिन्न आशनहरु गर्ने ,जलनेती गर्ने , प्राणायाम गर्ने ,योग निद्रा  तथा ध्यान गर्न सकिन्छ । प्राकृतिक चिकित्साले मुख्यतय रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सहयोग गर्छ । दैनिक सुर्य स्नान गर्ने , स्वच्छ हावामा बस्ने ,प्राकृतिक स्वस्थ्यकर खाना खाने ,अस्वास्थ्यकर खाना नखाने ,प्रशस्त  मात्रामा मनतातो पानि पिउने ,  प्राकृतिक जडीबुटीहरुको सेवन गर्ने, तातो पानीले बाफ लिने ,मनतातो नुनपानीले घाँटी कुल्ला गर्ने । प्रशस्त आराम गर्ने तथा समयमानै सुत्ने इत्यादी गर्न सकिन्छ ।

(नोट : योग तथा प्राकृतिक चिकित्सा बिधिहरु , योग तथा प्राकृतिक चिकित्साको सल्लाह सुझाब अनुसार मात्र गर्नुहुन अनुरोध गरिन्छ )