जनता समाजवादी पार्टी नेपाल देवचुली नगर द्वारा , नगरपालिकाको आम्दानी तथा खर्चको बिवरण माग

२०७७ जेठ ३२ गते १५:१४ Flashkhabar

३२ जेठ, देवचुली। जनता समाजवादी पार्टी – नेपाल, देवचुली नगर समितिले देवचुली नगरपालिकालाई आर्थिक वर्ष २०७६/७७ को चालु र पूँजिगत आम्दानी तथा खर्चको बिवरण माग गरेको छ । आइतवार नगरपालिकाका नाममा पत्र पठाएर पार्टीले आम्दानी तथा खर्चको बिवरण माग गरेको हो । जनता समाजवादी पार्टी देवचुली नगरपालिकाका कार्यकर्ताहरुले नगरप्रमुख पूर्णकुमार श्रेष्ठको कायकक्षमै भेटी पत्र बुझाएका हुन् ।

पार्टीका नगर अध्यक्ष पदमबहादुर थापा र सचिव शंकर नेपालीको हस्ताक्षर रहेको सो पत्रमा नगरको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा योजना तर्जुमाको लागि सम्भावना अध्यायन र त्यसको प्रभावकारिताको सहयोग पुर्‍याइदिन अनुरोध समेत गरेको छ ।
पत्र बुझेपछि पत्रमा उल्लेखित र माग गरेका सवै बिवरणहरु यथाशिघ्र उपलब्ध गराउने वचन दिनुभएको नगर प्रमुख श्रेष्ठको भनाई उद्रित गर्दै पार्टीका जिल्ला सदस्य कृष्णराज गैरेले बताउनु भयो ।