प्राकृतिक चिकित्सालय रजहरमा कोरोना बिरामीको उपचार, औषधिको साथमा योग तथा प्राकृतिक चिकित्सा”

२०७७ जेठ ३१ गते ६:२० gaindakotkhabar.com

डा. सुनिल सापकोटा
योग तथा प्राकृतिक चिकित्सक

नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को रजहरमा रहेको नेपालकै सुविधा सम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालयमा यसै साता देखि कोरोना संक्रमित बिरामीको उपचार औषधिको साथमा योग देखि प्राकृतिक चिकित्साका माध्यम बाट शुरू गरिएको छ ।
लामो समय देखि प्राकृतिक चिकित्सा र योगको माध्यम बाट बिभिन्न रोगहरुको उपचार गर्दै आइरहेको अस्पताललाई हालै कोरोना विशेष अस्थायी अस्पताल बनाइएको छ । यस अस्पतालले कोरोना का बिरामीहरूलाई एकीकृत चिकित्सा प्रणाली ( integrative medicine )अन्तर्गत औषधिको साथमा योग तथा प्राकृतिक चिकत्साका माध्यम बाट फरक तरिकाले उपचार गरेको छ ।

एकीकृत चिकित्सा प्रणाली अन्तर्गत बिरामीहरूलाई केन्द्रमा राखी उसको रोगलाई निको पार्न सक्ने अथवा रोगथाम मा सहयोग गर्न सक्ने सबै खालका चिकित्सा पद्धतिहरुलाई उपयोग गरिन्छ । यस चिकित्सा प्रणालीको उद्देश्य रोगलाई सके सम्म छिटो निको पार्ने अथवा निको पार्न सम्भब नभएमा नियन्त्रण गर्ने हुन्छ ।
कोरोना भाइरस को न त कुनै भ्याक्सिन बनिसकेको अथवा न त कुनै औषधि नै बनिसकेको अवस्थामा एकीकृत चिकित्सा प्रणाली नै सर्बोत्तम प्रणाली हुन सक्छ । यसै कुरा लाई ध्यानमा राख्दै चिकित्सालयले औषधि को साथमा योग तथा प्राकृतिक चिकित्सा उपचार पद्धति शुरू गरेको छ ।

कोरोना संक्रमणका सामान्य लक्षणहरु देखिएको अवस्थामा ,ती लक्षणहरुको उपचारमा ,औषधिको प्रयोग गरिएको छ । यदि कुनै जटिल लक्षण देखिएको छ भने बिरामीलाई सुविधा सम्पन्न कोरोना विशेष अस्पताल पठाइन्छ ।कोरोना बिरामीहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन र तनाव व्यवस्थापनको लागि योग तथा प्राकृतिक चिकित्सा का विभिन्न उपचार पद्धतिको प्रयोग गरिन्छ ।रोग प्रतिरोधात्मक क्षमता बढाउन का लागि प्राकृतिक चिकित्साका उपचारहरु ,प्राकृतिक खाना , सुर्यस्नान,प्राकृतिक जडीबुटी हरु इत्यादिको प्रयोग गरिएको छ भने तनाव व्यवस्थापनका लागि योगा , प्रणायाममा , योग निद्रा , ध्यानका कार्यक्रमहरू समावेश गरिएको छ ।

बिरामीहरूको लागि दिन चर्या बनाइएको छ जसमा बिहान उठे देखि बेलुका न सुतेन्जेल सम्म गर्नु पर्ने क्रियाकलाप हरु खान पान तथा आराम र व्यायाम को लागि समय तोकिएको छ । यस अभियानको नेतृत्य प्राकृतिक चिकित्सालय को तर्फ बाट मेडिकल निर्देशक डा. बिनोद पौडेल र व्यवस्थापक हरी सापकोटा ले सम्हाल्नु भएको छ ।

सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशन सेन्टरमा रहेका कोभिड संक्रमितको दिनचर्या :

विहान ५ः०० वजेः– उठ्ने समय
५ः०० देखि ५ः३०– नित्यकर्म साथमा मनतातो नुनपानीले कुल्ला गर्ने र तातो पानी पिउने
५ः३०– एक गिलास मनतातो मह कागती पानी
५ः३० देखि ६ः००– जलनेति र तुलसीको बाफलिने
६ः०० देखि ७ः००– योगासन् र प्राणायामको अभ्यास
आसन ः– अङ्ग व्यायाम, सूर्य नमस्कार, गौमुखआसन, सिंहासन, मार्जारिआसन, कन्धरासन, नौकासन, धनुरासन, त्रिकोणासन, ताडासन, शवासन ।
प्राणायाम ः– भस्त्रिका, नाडीशुद्धि, भ्रामरी, अनुलोम– विलोम, उज्जेहि ।
कुञ्जल हप्ताको दुई पटक बिहान खाली पेटमा । ( योगाभ्यासको अभ्यास चिकित्सकको परामर्शमा मात्र गर्नुहोला)
७ः०० देखि ८ः००– चिकित्सक परामर्श फोनमा वा दुरि कायम गरेर
८ः०० देखि ९ः००– नास्ता र आराम
(बिहानको नास्तामा – उमारेको गेडागुडी, मौसमअनुसारको फलफूल, एक गिलास तातो
दूध बेसार राखेर)
९ः०० देखि १०ः००– सूर्य स्नान २० मिनेट
(सूर्य स्नान गर्ने तरिका– टाउकोमा चिसो रुमाल राख्ने, एक गिलास मनतातो पानी पिउने र कमसेकम कपडा लगाएर गर्ने, गरिसकेपछि चिसो रुमालले शरीर पुछ्ने, ज्वरो आएको र कम्जोरि अवस्थामा नगर्ने)
१०ः०० देखि १०ः३०– आराम
१०ः३० देखि ११ः३०– बजे बिहानको खाना
(बिहानको खानामा दाल, भात, तरकारी, चटनी (टमाटर, टिमुर, पतिना, तिल, आलस), सलाद ( काँक्रो गाजर चुकन्दर मुला, काँचो लसुन दुईवटा, कागती ÷साग )
खाना खाएको १० मिनेटपछि तातो दुध १ गिलास
११ः३० देखि दिनको २ः००– बजेसम्म आराम पुस्तक हरु अध्ययन संगित श्रवण, आवश्यक
परे चिकित्सक सँग परामर्श,
२ः०० देखि २ः३० बजे – बाफ लिने र कुल्ला गर्ने
२ः३० देखि ३ः०० बजे – दिउसोको नास्तामा
(दिउसोको नास्तामा – उमारेको गेडागुडी÷मौसमअनुसारको फलफूल, एक गिलास तातो दूध ) कोदो÷फापरको रोटी ,दुध र कर्नÇलेक्स÷वोट्स, सुक्खाफल भिजाएर ।
३ः०० देखि ५ः०० – इन्टरनेट वा फोनमार्फत परिवार साथी–भाइलाई सँग कुराकानीका
साथमा सकारात्मक र आफु स्वस्थ रहेको जानकारी गराउने ।
५ः०० देखि ५ः३० बेलुका – बाफ लिने र हल्का योग व्यायाम ।
५ः३० देखि ६ः०० _मह तुलसी अदुवा दालचिनी को मिश्रण (पेष्ट) खाने ÷जडिवुटीको कांडापानी पिउने ।
६ः०० देखि ७ः३०– भजन कीर्तन सन्ध्याकालिन आरति म्युजिक सिस्टम मार्फत ।
६ः०० देखि ७ः३०– नेपालिमा योग निद्रा अभ्यास म्युजिक सिस्टम वा मोबाइलको माध्यमबाट ।
७ः३० देखि ८ः३०– बेलुकाको खानामा दाल, भात, तरकारी, चटनी (टमाटर, टिमुर, पतिना, तिल, आलस), सलाद ( काँक्रो गाजर चुकन्दर मुला, काँचो लसुन दुईवटा, कागती ÷साग )
खाना खाएको १० मिनेटपछि तातो दुध १ गिलास ।
९ः३०– बजे आराम

कोरना भाइरस (कोभिड–१९) बाट छिटो संक्रमण मुक्त हुनकालागि केही सुझावहरु:
 प्रत्येक एक घन्टामा मनतातो पानी पिउने ।
 प्रत्येक खाना पछाडि दुई घुट्कि मनतातो पानी पिउने ।
 कुनैपनि असजिलो महसुस भएमा चिकित्सक सँग परामर्श लिने ।
 सकारात्मक सोच राख्ने र आफूलाई स्वस्थ महसुस गर्ने ।
 प्रशस्त आराम गर्ने ।
 व्यक्तिगत सरसफाइमा सचेत रहने ।
 दीर्घरोगी र सयवर्ष पुगेकाले समेत कोरोना भाइरस लाइ जितेका छन् भने म त सहजताका साथ कोरोना भाइरस लाई हराउने छु भन्ने दृढसङ्कल्प लिने ।
 कोरोना भाइरसको संक्रमण दर मात्रै बढी हो । यो सामान्य रुघाखोकी भन्दा अरु केहि पनि होइन ।
 तनाव चिन्ता र पीरले रोगप्रतिरोधात्मक क्षमता घटाउने हुनाले यसबाट टाढा रहने ।
 अनावश्यक भ्रामक समाचार को पछाडी नलाग्ने बरु आध्यात्मिक पुस्तकहरुको अध्ययन गर्ने ।
 ईन्टरनेटमा भिडियोहरु हेर्दा हसाउने (कमेडि) मनोरञ्जन दिने खाले चयन गरी हेर्ने । डर लाग्ने आत्तिने खालको न हेर्ने ।
सामुदायिक प्राकृतिक चिकित्सालय 
प्रस्तावित नेपाल प्राकृतिक चिकित्सा सामुदायिक शिक्षण अस्पताल
देवचुली न.पा.–१६, रजहर, नवलपुर