नबिल बैंक ले ल्यायो “Nabil Gen-N Account”

२०७७ जेठ २५ गते १५:३१ gaindakotkhabar.com

जेठ २५ गैंडाकोट। विश्वभर फैलिएको कोभिड १९ को महामारी रोकथाम गर्नमा र आफ्ना ग्राहक लाई घरमै बसि बैंकिङ कारोबारमा प्रोत्साहन गर्ने उदेश्यका साथ स्वस्थ्य एवं सुरक्षित कारोबारको सुविधा प्रदान गर्दै नबिल बैंक ले “Nabil Gen-N Account” सञ्चालनमा ल्याएको घोषणा गरेको छ ।

विभिन्न योजना मार्फत ग्राहकले घरमै बसेर खाता खोल्न सक्ने गरि यो खाता ल्याएको बैंक ले जनाएको छ । आफ्ना ग्राहक लाई सहज तथा सरल बैंकिङको अनुभूति गराउने उद्देश्यले ल्याएको यो खातामाअन्य आकर्षित सेवा र उच्च ब्याजसहितको सुविधा सम्पन्न बचत खाता भएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ, खातामा प्रविधिमैत्री सेवाहरु मोबाइल बैंकिङ,भाइबर बैंकिङ,अनलाइन कारोबार र डेबिट कार्ड, क्रेडिट कार्ड, एनटीसी/एनसेल प्रयोगकर्ता लाई २ जीबी डाटा प्याकेज समेत निःशुल्क प्रदान गर्ने बैंकले जनाएको छ ।

अहिले समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारका क्रममा नै आफ्ना ग्राहक लाई आर्थिक सहयोग समयमै पुगोस् भन्ने उद्देश्यका साथ आफ्ना ग्राहक को सुरक्षणसहित नबिल बैंकले उक्त सुबिधा सहितको खाता संचालन मा ल्याएको हो । नबिल बैंकले भनेको छ । “Nabil Gen-N Account” नयाँ सोच र नयाँ जोस बोकेको प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको हो ।

उक्त योजनामा १६ वर्षदेखि ६४ वर्षसम्मका नेपाली नागरिक सहभागी हुनसक्छन् । नबिल बैंक गैंडाकोट शाखा प्रमुख सन्जु खड्काले पछिल्लो दिनमा घातक रोग हरु दिनप्रतिदिन बढ्दो क्रममा रहेको र उपचार अत्यन्त महङ्गो रहेको कारण आफ्ना बैंकका ग्राहक लाई केही सहजता होस भनी यस्तो योजना ल्याइएको बताएकी छन् ।

बैंकमा हाल पाँच लाख खातावाला छन् । ती मध्ये १६ देखि ६४ वर्षको उमेर समूहका ग्राहकको सङ्ख्या तीन लाख बढी छ । ती सबै खातावाला स्वास्थ्य बीमाको उक्त कार्यक्रममा समेटिएका छन् । बीमाका लागि आवश्यक पर्ने प्रिमियम बैंकले तिर्ने गरी व्यवस्था मिलाइएको छ ।