केशव पौडेलको “पुतली” सार्वजनिक (भिडियो सहित)

२०७७ जेठ २४ गते ६:३५ नवीन S सुवेदी

 

२४ जेठ ,गैंडाकोट । उडी गयो जूनकीरी अधेरी भो रात , छोडी गयौ पुतली छैन मेरो साथ ।
सर्जक केशव पौडेलको उत्कृष्ट शब्द सृजनामा “पुतली” बोलको लोकदोहोरी गीत YouTube मार्फत शुक्रबार सार्वजनिक भएको छ । चर्चित रचनाकार तथा संगितकार शिव हमालको उत्कृष्ट संगीत रहेको छ । आशिष अविरल को एरेन्ज तथा HBN किस्मत को अडियो मिक्सिङ रहेको गीतमा गायक विक्रम परियार र चर्चित लोकदोहोहोरी गायिका देवि घर्तिमगरको स्वर रहेको छ ।

देबेन्द्र कुवरको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा नरेश ऐरको छायाकन रहेको छ भने टेकेन्द्र शाहाले म्युजिक भिडियो सम्पादन गर्नु भएको छ । म्युजिक भिडियोमा पछिल्लो समय युवा पुस्ताका ढुकढुकी बनेका सर्जक गायक दुर्गेश थापा र रविना भण्डारीको उत्कृष्ट अभिनय रहेको छ । म्युजिक भिडियो S3K Entertainment को अफिसियल युटुबबाट सार्बजनिक भएको छ ।
गीतको सफलताको शुभकामना

भिडियो हेर्नुहोस