नेपाली राजदुतावास युएई द्वारा स्वदेश फर्कन चाहने नागरिकलाई फारम भरिसके पछी दुक्क भएर बस्न आग्रह

२०७७ जेठ २२ गते ८:४१ gaindakotkhabar.com

२२ जेठ , युएई ।  नेपाल सरकारको मन्त्रीपरिषद बाट हालै नेपाली नागरिकलाइ  स्वदेश फर्कन सहजीकरण गर्ने सम्बन्धि कार्यविधि  स्वीकृत भइ विदेशमा रहेका नेपालीहरु लाई स्वदेश लैजाने सम्बन्धमा युएईका लागि नेपाली राजदुतावासले बुधबार एक  प्रेस विज्ञप्ति मार्फत महत्वपुर्ण संदेश जारि गरेको  छ ।

दूतावासको वेबसाईट र फेसबुक पेजमा नेपाली श्रमिक हरुले पठाइएका सन्देश, विभिन्न खाल्का जिज्ञासा पत्र र अनलाइन  बाट भरेका फाराम दूतावास लाई प्राप्त भएको  विज्ञप्ति  मार्फत जानकारी दिएको छ । एक पटक भरेको फाराम पुन पेश गर्न नसकिने भएकाले ढुक्क भएर बस्न सम्पुर्ण लाई अनुरोध समेत गरिएको छ साथै थप विवरण आवश्यक भएमा टेलिफोन र इमेल मार्फत माग गरिने बताइएको  छ ।

कोरोना बाट प्रभावित भइ समस्यामा परेका नेपालीहरु लाइ स्वदेश फर्काउने तिब्र रुपमा तयारी भइरहेको र उडान मिति र तालिका तय हुनासाथ जानकारी गराइने दूतावासले जनाएको छ । नेपाल जानु आघी गरिने कोभीड – १९ परिक्षणका लागि राजदूतावासले युएई सरकार संग समन्वय गरि मिति ,स्थान र उपयुक्त समय बारेमा जानकारी दिईने तथा  युएईमा नेपाली श्रमिक हरुको विभिन्न खालका समस्याहरु लाई मध्यानजर गरि भिसा सकिएको सम्बन्धमा चिन्तानलिन समेत विज्ञप्ति मार्फत अनुरोध गरिएको छ  ।

युएई सरकारले मार्च १ पछि समाप्त भएको भिसा म्याद डिसेम्बर २०२०  सम्मका लागि  स्वत  नवीकरण गर्ने बताएको छ भने मार्च १ भन्दा अघि सकिएको भिसाका लागि जुन १ बाट लागु हुने गरि ३ महिनभित्र स्वदेश फर्केमा सम्पुर्ण जरिवाना मिनाहा गर्ने भएको छ । यसबीचमा हवाई उडान सुचारु नभएसम्मका लागि विगतका दिनहरुमा जस्तै गैरआवासीय नेपाली संघ तथा नेपाली समाजहरु संगको सहकार्यमा केही राहत वितरण कार्यालाइ निरन्तर दिईने बताएको छ ।

दूतावासमा प्राप्त टेलिफोन र ईमेल अत्यधिक चाप भएको अवस्थामा दोहोरो सम्पर्क हुन नसकेको अबस्थाप्रती पनि राजदूतावास संवेदनशील रहेको र सोधपुछलाई थप ब्यवस्थित गर्ने विषयसम्बन्धि जिज्ञासाका लागि निम्न अधिकारीहरु लाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ  ।

गर्भवती महिला , कोभीड बाहेकका बिरामीहरु  ,आफन्त  गुमाएका हरु र विद्यार्थी इन्टर्नसीप रहेका नेपालीहरुले दूतावासका सम्पर्क  अधिकारी रिता धिमाल लाई मोबाइल  नम्बर  ०५०८१८०२८०/ मा सम्पर्क गर्न सकिने भएको छ । यसैगरी ब्यक्तिगत समस्या तथा कम्पनी भिसा ,भिजिट भिसा को लागि दूतावासका  सम्पर्क  अधिकारी निर्मला थापा र मोतिराम भुसाल लाई मोबाइल नम्बरमा  ०५४५०५३२५०/०५४५९४२४११ मा सम्पर्क गरि अफ्नो समस्या बारे सेवा लिन सकिने बताइएको छ  भने पासपोर्ट , प्रमाणीकरणका लागि नारायण ज्ञवाली लाइ  ०५८९०९५४०४ मोबाइल नम्बर  मा सम्पर्क गरि सेवा लिन सकिने विज्ञप्ति मार्फत जनाइएको  छ ।