२२ जेठ , गैंडाकोट । गायक सन्जीव पराजुलीको ‘छैन मलाई पीर’ बोलको नयाँ गीत YOUTUBE मार्फत सार्वजनिक भएको छ । दीपक शर्माको शब्द र सङ्गीत रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक भए संगै करिब २ हप्ता मा नै YOUTUBE Trending को नम्बर २१ मा परेको छ ।
छैन मलाई पीर’ बोलको गीतको म्युजिक भिडियोमा नायक नाजिर हुसेन र कुसुम गुरुङको मुख्य अभिनय रहेको छ भने सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर को पनि अभिनय देख्न सकिन्छ । गीतमा मोहित मुनालको एरेन्ज रहेको छ । ग्रामीण परिवेशको लोकेसनमा छायाँकन गरिएको गीतमा उत्तम हुमागाईंको छायाँकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन रहेको छ ।
एलिन श्रेष्ठ निर्देशित तथा प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोमा सन्जीव र नाजिरलाई दाजुभाईका रुपमा देखाइएको छ । छैन मलाई पीर’ बोलको गीत लाइ गायक पराजुलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सन्जीवको स्वरमा रहेका गीतहरु ‘नाइँ मलाई थाहा छैन’, ‘किन कर्के नजर’, ‘हिट हिट गीत’लगायतका गीतहरु दर्शकले धेरै रुचाएका गीत अन्तर्गत पर्दछन् । यो समाचार तयार पर्दा सम्म करिब १२ लाख ११ हजार पटक YOUTUBE मा हेरिएको छ भने YOUTUBE Trending मा पनि उकाली लाग्ने क्रम जारी रहेको छ । यसै गरि यस गीतलाई स्रोता दर्शक को मायाले YOUTUBE को Trending १ मा पुगोस धेरै धेरै शुभकामना ।