इस्लाम धर्मावलम्बीहरूको पर्व इदमा, सोमबार सार्वजनिक बिदा

२०७७ जेठ १० गते १५:३० गैंडाकोट खबर

१० जेठ , काठमाडौं । इस्लाम धर्मावलम्बीहरूको पर्व ईदको दिन सरकारले सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले Eid Al- Fitr का दिन आईतबार  सार्वजनिक बिदा दिने निर्णय भएता पनि शनिवार एक विज्ञप्ति मार्फत सोमबार लाई सार्वजनिक बिदा कायम गरिएको छ  ।

इस्लाम  धर्मावलम्बीले महिना दिनसम्म दिनभरि उपवास बसेर मनाउने ईद पर्व आइतबार समापन हुँदैछ । मन्त्रिपरिषद्ले उक्त पर्वको समापनको अवसरमा आइतबार ११ गते बिदा दिने निर्णय भएकोमा शनिवार नेपाल र दक्षीण एसिया भर बाट चन्द्रमा नदेखिएको कारण मुस्लिम आयोग बाट अनुरोध आएकोले आईतबार को सट्टा २०७७/०२/१२ गते सोमबार मनाउने निर्णय बमोजिम सार्वजनिक बिदा कायम गरिएको गृह मन्त्रालयका शाखा अधिकृत गणेश तामाङ्ग द्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।