दृष्टीविहिन क्षमतावान रमेशले दिए भारतलाई अग्रेजीमा कडा जवाफः इतिहास पढेर मिडिया चलाउ

२०७७ जेठ ९ गते ८:२५ gaindakotkhabar.com

जेठ ९ । धरानका दृष्टिविहीन तर क्षमतावान रमेश प्रसाईले भारतलाई अग्रेजीमा कडा जवाफ फर्काएका छन् । भारतीय मिडियाको दादागिरी र प्रमाणविना चीनका कारण नेपालले नक्सा सार्वजनिक गरेको भनी आएका समाचार र संचालकलाई सामाजिक संजालबाट अग्रेजीमै कडा जवाफ दिनुभएको हो ।

उहाँले पहिला ऐतिहासिक दस्तावेज अध्ययन गर्न र वल्ल कार्यक्रम चलाउन सुझाव दिनुभएको छ । आफूले व्यक्त गरेका सन्देशका भिडियो विश्वले वुझ्न सक्ने गरी शेयर गर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “यो भिडियोबाट नेपालको इतिहास विश्वले वुझ्न सकोस नेपाल के हो र नेपाली को हो ?”

गोरखाहरुलाई जन्माएको देश र विश्वकै अग्लो शिखर सगरमाथा रहेको नेपाललाई कसैले पनि दबाउन नसकेको र उच्च स्वाभिमान भएको देश भएको भन्दै पहिला नेपालको इतिहास पढ्न भारतीय मिडियालाई सुझाव दिनुभएको छ ।

विशेष गरी टिभि कार्यक्रम प्रस्तोता अरुण ग्वासोमीलाइ इगित गर्दै उहाँले सन् १८२७ १८५६, १९०५ को नक्सा अध्ययन गर्न भन्नुभयो । भारतका लागि नेपाली वीरले रगत दिएर चीनसँगको भारतीय वोर्डर जोगाएको भन्दै तिनै वीर जन्माएको देशको सीमा हडप्ने यो कस्तो नीति ? उहाले अग्रेजीमै कडा प्रश्न सोध्नुभएको छ ।

फेसवुकमा भाइरल भिडियोमा उहाँले आकाशमा घाम र जुन रहे देखि नै नेपाल सार्वभौमिकता सम्पन्न देश भएको र भारत जस्तो गुलाम भई पछि स्वतन्त्रता पाएको देशले आरोप लगाउनु अस्वीकार्य भएको बताउनुभयो । भारतीय मिडिया प्रमाणमा नभई प्रोपोगाण्ड र टिआरपीमा वढाउनमा केन्द्रीत भएकाले त्यहाँ हुने वहसलाई विश्वास नगर्न नेपालीहरुलाइ आग्रह पनि गर्नुभयो ।