आत्मकथा : भावनारुपी मायाका कोसेली ।

२०७७ वैशाख २५ गते १४:२३ सागर सापकोटा

अशान्त मन र जलिरहेको मुटुबाट भए पनी तिम्रो नाम मा सायद अन्तिम उपहार स्वरुप भाबनारुपी कोसेलीहरू प्रेषित गरेको छु । यो पत्र लेखेर तिमी लाई रूवाउने मन त थिएन तर पनि हेर न बाध्यता …….मन को पिडा कोही सँग पोख्न सकिन तेसैले यो पत्र मा केही शब्द कोर्दै छु तिमी मन थामेर पढ्नु है ।

अझै पनि माया त तिम्रो नै लाग्छ तर के गर्नु म त नराम्रो छु गरिब छु सायद गरिब भएरै मलाई छाडेको हौलि याद गर तिमीलाई बढि माया खर को झुपडी मा बस्ने ले गर्छ कि ठुलो महल मा बस्ने ले गर्छ तिमीलाई बढी माया
कुनै एक दिन को कुरा हो यो
र त्यो दिन म यस्तो पिडामा थिए तिमीले आफ्नो facebook मा राखेको थियौ pic choose by….. भनेर एउटामात्र केटा को नाम देखे अनि केटाको टाईम लाइन हेर्दा relationship with भनेर तिम्रो नाम लेखेको रहेछ
त्यो देखेर मलाई यस्तो लाग्यो कि म सँग नबोली बस्न सक्दिन हजुर बिना बाँच्दिन भन्नेले बोल्न छाडेको १५/२० दिन मै यस्तो गरि फेसबुक मा राखेको देख्दा मलाई त ठूलो छाँगा बाट खसे जस्तै लाग्यो
मैले उनी लाई धेरै पटक फोन गर्ने प्रयास गरे तर फोन फेसबुक सबै block लिस्ट मा राखेको रैछौ अनि त्यो थाहा पाए पछि साथी को बाट उन्लाई फोन गरेको लाग्यो फोन को घन्टि गयो अनि उनी बोलिन
उनी:- हेलो को बोल्नु भाको ?
यति भनेपछि मैले भने म तिम्रो मायामा पागल भाको मान्छे बोलेको तिमीलाई ३ बर्ष सम्म माया गरे मेरो घरमा पनि थाहा थियो हामी बिच माया छ भनेर तर के गर्नु ३/३ बर्ष को माया छुट्छ भनेर मैले सोचेको पनि थिईन तर के गर्नु
सायद मैले सानो छदा सुनेको थियोे रातिको सपना पूरा हुदैन भनेर …हो तेस्तै भयो आज ।

निष्ठुरी तिमीले त मलाई छाडेर गयौं तर तिम्रो यी चोट हरु पनि लग्नु पर्थ्यो नि मलाई नै छाडेर गयौ किन ? सयौं जुनि सम्म सँगै बाच्ने मर्ने कसम खाएको होईन र ….हामी आखिर आज किन छोड्यौ मलाई म बाट के पुगेन र तिमीलाई अझ भन्ने गर्थेउ सागर म तिमी बाहेक अरू रोज्दिन भनेर तर आज अर्कै रोज्यौ अनि मैले पहिले सोधेको त थिए नि तिमिले त त्यो केटा …..साथी हो भन्थेउ त ? अहिले आएर उसैको खुसीको लागि मलाई छाड्यौ ? मन त छिन छिन मा फेरिन्छ । तिम्ले भन्ने गर्थेउ नि “सागर मैले तिमीलाई मेरो मन मा राखेकि छु ” भनेर तर आज तेहि मन फेरियो र अरु सँगै रमाइरहेकी छौ ।म त हारेको मान्छे तिमी नै रमाउ जितेर मलाई जस्तो उसलाई धोका नदिनु नि । हुन त म राम्रो पनि थिईन तिमी जस्तो तिमी आकाशको जुन थियौ र म भने धर्ती को एक पागल प्रेमि थिए । तिमी माथि लाखौं ताराहरु सँग रमाइलो गर्नु म हेरि बस्छु नि है । तिम्रो खुसी को लागि कति को साथ छोड्न बाध्य भए म तर तिमी मेरो माया लाई खेलाउना सम्झि आफू खेलाडी बन्यौ है ।

तिम्रो माया कति छ भन्ने प्रमाण म कसरी देखाउ खै हात काटेर या ज्यानै फालुम भन त plzz तिम्रो लागि म जे पनि गर्छु । आफै भन त तिम्रो लागि के गरिन मैले तर सबै थोक पुर्याउनु नै मेरो भुल रैछ अनि एउटा कुरा यदि म मरे भने तिम्रो हात ले दागबत्ती दिनु होई मेरो आत्मा ले शान्ति पाउने छ अनि मेरो लास हेरेर नरुनु होई ती कोमल आँखा बाट झरेका आँशु पुछ्न सक्दिन म त्यो बेला अनि मेरो पवित्र मायालाई कसिङ्गर सम्झेर हावामा उडाई अरुको संसारमा रमाउन चाहन्थ्यौ भने किन मायाको फुस्रो जाल बुन्नु थियो छर्लङ्ग हुने गरि मेरा सामु भनेको भए पनि अविर जात्रा गरेर बिदाई दिने थिए ।
आखिर जति नै धनी ,शिक्षित र सुन्दर भएपनि एकदिन यो स्वार्थी संसार छाडेर खाली हात यमराजको घरमा पक्कै पनि जानै पर्ने दिन आउनेछ । शायद मेरो औकात थिएन सुन चाँदि र हिरा मोतिले झकि झकाउ बनाउन सक्ने तैपनि पवित्र माया दिएर सदा खुशी राख्ने प्रयास गरेकै थिए , चौरासि परिकारको भोजन र महलमा राख्न नसकेपनि साग र सिस्नो खुवाएर भए पनि खरको झुपडिमा पवित्र माया दिएर ओठ भरि मुस्कान दिई रहने थिए ।
तर के गर्नु भनेर मात्र हुदोरहेनछ मुटुमा लात हानेर गयौ अब त सायद भेट पनि हुदैन होला हाम्रो
माया गर्छु भनेर खुट्टा सम्म ढोग्दा पनि मेरो बिस्वास गरिनौ

हामी पहिले दिन कै भिडियो कल अडियो कल म्यासेज हुन्थ्यो बिस्तारै तिमीले माया मारेको रैछौ मैले थाहा नै पाइन
मलाई बिस्तार भुल्दै रैछौ ठिकै छ म त तिमीलाई माया गर्थे र अझै पनि गर्छु तिमीलाई थाहा छ होला माया गर्ने मान्छे ले सजाय दिदैन भनेर । म पनि तिमीलाई कुनै सजाए दिन चाहाँदिन मैले त जस्तोसुकै दुख पाए पनि तिमी खुसि हुनु है

जलाउन सक्दिन ति तिम्रा तस्बिर हरु जुन मेरो मन मस्तिष्क भित्र सजिएको छ। च्यातेर फाल्न सक्दिन तिम्रा ति सुनौलो शब्दहरुले भरिपुर्ण मायाका कोसेलीहरु जहाँ मेरो भबिष्य कोरिएको छ । भुल्न सक्दिन ति प्रेमका चौतारा हरु जहाँ मैले आफ्नो वियोगको पिडा बिसाउनु छ । न बिस्रन सक्छु ति छहराहरु जहाँ मैले जलनका आँसुहरु पखाल्नु छ। म चाहेर पनि मेट्न सक्दिन ति तिम्रा नामहरु जुन मेरो नाम सँग जोडिएको छ । हो अझै पनि मलाई तिम्रो नाम लिएर जिस्काउने गर्छन मेरा साथिहरू तर के तिमी मेरो भैनौ
साथिहरूलाई भनेर म तिमीलाई नराम्रो बनाउन चाँहादिन तेसैले म आज बाट तिम्रो जीवन कसम खाँदै तिमी बाट धेरै टाढा जान्छु है अनि मलाई सम्झेर कहिल्यै नरूनु नि लाटी ….

उहीँ तिम्रो हुन नसकेको सागर सापकोटा
बा.न.पा ५ मालिका