मातातीर्थ औंसी अथवा आमाको मुख हेर्ने दिन , आमाप्रति सम्मान गर्दै मनाइदै

२०७७ वैशाख ११ गते ५:३२ gaindakotkhabar.com

११ , बैशाख ,गैंडाकोट । वैशाख कृष्ण पक्ष औँसीका दिन जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ ।

मातृदेवो भव ।  पितृदेवो भव ।। आचार्यदेवो भव ।।। ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् ।  वैशाख कृष्णपक्षको औंसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा , संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा

हामीहरु  धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द, आमा  अनि पल पलमा संझना आउने, सु;ख  दु:खमा झझल्को आउने एउटा अनुहार, आमा

बिहान सबेरै उठी स्नान गरी आमालाई उपहार प्रदानगर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन् । आमालाई मीठा खानेकुरा खुवाउँछन् ।  यद्यपि लकडाउनका कारण विवाह भइसकेका चेलीबेटी भने आज फोनबाटै आमासँग कुरा गर्न बाध्य छन् । मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरु व्यक्त गर्दछन् । पौराणीक कालदेखिनै मनाउदै आएको यस आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ । आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन् ।  यस्तै आमाको मुख हेर्ने औँसी समेत भनिने आजको दिन दिवङ्गत आमाको सम्झनामा काठमाण्डौको मातातीर्थमा मेला लाग्ने गरेकाेमा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भएको लकडाउनको कारण स्थगित गरिएको छ ।

मातातीर्थ औंसीजन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइदै आएको पर्व हो । आजकोदिन आमाले गरेका महान् र कष्टपूर्णकामहरुको सम्झना गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । यिनै आमा जस्ले हामीलाई संसार देखाईन्, , गर्भमा राखेर जन्माईन अनि काखमा राखेर पालिन । ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन छ ।