लकडाउन अवधिभर इन्टरनेट नकाटिने,पैसा पछि तिरे हुने

२०७७ वैशाख ५ गते १२:११ Flashkhabar

काठमाडौं,बैशाख ५-
अवधि सकिएका इन्टरनेट सेवाहरु लकडाउन अवधिभर नकाटिने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई लकडाउन अवधिभर महशुल भुक्तानी नभए पनि सेवा बन्द नगर्न निर्देशन दिएसँगै ती सेवा प्रदायकहरुले इन्टरनेट सेवा बन्द गर्न नपाउने भएका हुन् ।