लकडाउनको समय पनि विकुले सेवा दिने , चैत्र २६ देखि ३० गतेसम्म खुल्ने

२०७६ चैत २५ गते ८:१४ Flashkhabar

चैत्र २५ । ५० पैसाबाट सुरु भई विश्वमाझ चिरपरिचित गैडाकोट ८ मा अवस्थित विकु बचत तथा ऋण सहकारी संस्थाले भोलि देखि चैत्र ३० सम्म सेवा दिने भएको छ ।

लकडाउनको समय शेयर सदस्यलाइ परेको समस्यालाई सम्वोधन गर्न सहकारी खोल्ने निर्णय भएको सुचना जारी गरेर जनाएको छ । विकुका सवै सेवा केन्द्रहरु भोलि देखि विहान ११ बजेदेखि दिउसो १ बजेसम्म खुल्ला रहने छ । यो समय नगद भुक्तानी सीमित, नगद जम्मा, ऋण भुक्तानी , रेमिट्यान्स सेवा उपलब्ध गराइने भएको हो ।

यस अघिका एटिएम र मोवाइल वैकिङ सेवा भने लगातार जारी छ ।

विकुका प्रमुख अधिकृत माधव प्रसाद पौडेलद्धारा हस्ताक्षर गरी जारी गरिएको सूचना मा भनिएको छ, “शेयर सदस्यहरुको आवश्यकता र असहज परिस्थितीमा संस्थाले उपलब्ध गराउन सक्ने सम्मका सेवाकालागि संस्था निरन्तर यहाँहरुको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दै यस अवस्थामा उच्च सावधानिका साथ सतर्कता अपनाउन समेत सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु । ”