हर्दिको कथा

२०७५ असोज २ गते १६:१३ श्रीधर उपाध्याय

यातायात नभएकै कारण विजुली आउन समस्या

पूर्वपश्चिम राजमार्गको शिलन्यास चोकबाट उत्तरपूर्व करिब १ घण्टाको मोटरसाइकल यात्रा पछि पुगीन्छ गैँडाकोट ३ को हर्दि । जनजातिको बढी बाहुल्यता रहेको हर्दिमा धेरै समस्या छ । त्यसमा पनि विजुली बत्ती र यातायातको समस्या धेरै रहेको छ । त्यहाँका स्थानीय यातायात नभएकै कारण विजुली आउन नसकेको स्थानीय पूर्णमाया मगर बताउँछिन् ।